सट्टेबाजी गराएको आरोपमा ५५ करोडसहित एक जना पक्राउ

अनलाइनसमय |
१२ मंसिर २०८१
सट्टेबाजी गराएको आरोपमा ५५ करोडसहित एक जना पक्राउ

काठमाडौं, १२ मंसिर । सट्टेबाजी गराएको आरोपमा ५५ करोडसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटेको प्रहरी टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराएको आरोपमा सो रकमसहित एक जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर बस्ने सुनील राई रहेका छन् ।

थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस