काठमाडौं, १२ मंसिर । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ ।
लेबनानमा युद्धविराम गर्ने प्रस्तावलाई मंगलबार राति इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलले स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेदेखि युद्धविराम लागू हुने बताएको छ ।
सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ ।
सम्झौता लागु हुनुभन्दा केही घण्टाअघि इजरायलले लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो । मंगलबारको बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको छ । बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थिया े। आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।