• ताजा समाचार, शेयर मार्केट

    ३३.४१ अङ्कले बढेको नेप्से २७१६ को विन्दुमा, करिब साढे सात लाखको कारोबार

     81 Views
    ३३.४१ अङ्कले बढेको नेप्से २७१६ को विन्दुमा, करिब साढे सात लाखको कारोबार

    काठमाडौं, ११ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३३ दशमलव ४१ अङ्क अर्थात् १.२४ प्रतिशतले बढेर २ हजार ७ सय १६ दशमलव ६६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से १५.१८ अङ्कले बढेर २,६८३ को विन्दुमा कायम भएको थियो ।

    आज कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ किनबेच हुँदा ७ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    मंगलबार ३१२ धितोपत्र कारोबारमा आए, जसमध्ये २११ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३२ धितोपत्रको मूल्य घटेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।

    यस दिन कारोबार भएका १३ वटै समूहको उपस्चक बढेको छ । आज हाइड्रोपावर समूहको उपसूचक  सबैभन्दा बढी सर्वाधिक १.९७ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्सको १.५१, व्यापार समूहको १.२९, बैंकिङ समूहको १.२०, लगानी समूहको १.१३, उत्पादनमुलक समूहको १.०८, जीवन बीमाको १.०२, माइक्रोफाइनान्सको ०.८५, निर्जीवन बीमाको ०.८१, होटल एन्ड टुरिजमको ०.६४, विकास बैंकको ०.४९, मयुचुअल फन्डको ०.२३ र अनय समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ ।

    मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आरडिआई मार्दी हाइड्रोपार र कुथेली बुखरी स्मल हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मिथिल्ला लघुवित्तको ९.६२, अपर हेवाखोला हाइड्रोपावरको ८.८०, माया खोला हाइड्रोपावरको ८.६५ र अपर सोलू हाइड्रो इलेक्ट्रिक कम्पनीको ७.९६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै कर्णाली डिभलपमेन्ट बैंकको ८.४५, सामुदायीक लघुवित्तको ८.१२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment