महानगरले तिरायो सडकमा फोहोर फाल्नेलाई जरिवाना

अनलाइनसमय |
११ मंसिर २०८१
महानगरले तिरायो सडकमा फोहोर फाल्नेलाई जरिवाना

काठमाडौं, ११ मंसिर । सडकमा फोहोर फाल्ने एक जना व्यक्तिलाई जरिवाना तिराइएको छ । काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना तिराइएको हो ।

महानगरपालिकाकाअनुसार जरिवाना तिर्नेमा काठमाडौं–१४ स्थित कुलेश्वरका कुबेर थापा रहेका छन् । यसअघि सोमबार सडक हिलो बनाएको भन्दै वडा–४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस