• ताजा समाचार, राजनीति

    दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

     83 Views
    दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

    काठमाडौं, ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईलाई अदालतमा उपस्थित गराइएको हो ।

    प्रसाईं पक्राउ परेपछि उनका छोरा नीराजन प्रसाईंले मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

    उक्त रिट निवेदनका आधारमा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको हो । प्रसाईंको आजै बयान गराइने छ ।

    न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियो ।

     

    यसमा तपाइको मत

    Facebook Comment