हवाई भाडा अध्ययन गर्न कार्यदल गठन, अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन आग्रह

अनलाइनसमय |
१० मंसिर २०८१
हवाई भाडा अध्ययन गर्न कार्यदल गठन, अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन आग्रह

काठमाडौं, १० मंसिर । अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासोपछि सरकारले एक अध्ययन कार्यदल गठन गरेको छ ।

पछिल्लो समय हवाई भाड महँगो भएको भनेर विरोध भइरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाण सहित [email protected] मा उजुरी दिन मन्त्रालयले आग्रह गरेको छ ।

‘उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायतका अन्य प्रमाण सहित तपसिल वमोजिमको ठेगानामा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस