सरकारले भन्सार दर घटाएसँगै तोलामै करिब १६ हजारले घट्यो सुन

अनलाइनसमय |
१० मंसिर २०८१
सरकारले भन्सार दर घटाएसँगै तोलामै करिब १६ हजारले घट्यो सुन

काठमडौं, १० मंसिर । सरकारले भन्सार दर घटाएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला करिब १६ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ६० रुपैँयामा कारोबार भएको थियो ।

सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशत कायम गरेको थियो, जसको प्रभाव आज बाजारमा देखिएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस