बैंकिङ प्रणालीबाट आज ५० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनसमय |
९ मंसिर २०८१
बैंकिङ प्रणालीबाट आज ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, ९ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । आइतबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

उक्त उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । साँवा तथा ब्याज भुक्तानी मिति यही मंसिर २३ गते तोकिएको छ । ब्याजदर बोलकबोलबाट नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस