चीन भ्रमण सफल हुने दाबी गर्दै ओलीले भने : सकेसम्म ऋण नलिने र उत्पादन वृद्धि गर्ने नीति छ

अनलाइनसमय |
७ मंसिर २०८१
चीन भ्रमण सफल हुने दाबी गर्दै ओलीले भने : सकेसम्म ऋण नलिने र उत्पादन वृद्धि गर्ने नीति छ

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताएका छन् ।

राजधानी काठमाडौँस्थित दरबारमार्गमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै ओलीले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’

प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीनको औपचारीक भ्रमणमा जाँदैछन् । उनले भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पारे । ‘यत्तिकै चीन यसो घुमेर आउ भनेर जान लागेको होइन । यो भ्रमण उद्धाहरणीय हुने छ । यो कुरा म ढुक्कका साथ तपाईहरुलाई भन्न चाहान्छु’, उनले भने ।

उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस