• विश्व

    अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

     83 Views
    अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

    काठमाडौं, ६ मंसिर । अस्ट्रेलियामा संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ ।

    बिहीबार पेश गरिएको उक्त विधेयकअन्र्तगत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ ।

    उक्त विधेयक अगाडि बढेमा केही सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा बन्देज लाग्नेछ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बालबालिकालाई बचाउनको लागि यो विधेयक ल्याइएको बताएका छन् । उनका अनुसार यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्टाग्राममा लागू हुनेछ ।

    अस्ट्रेलियाको नयाँ कानुनले यस्तो प्रतिबन्धको लागि एउटा स्पष्ट रूपरेखा प्रदान गर्नेछ । १७ पृष्ठ लामो यो दस्तावेज अर्को हप्ता अस्ट्रेलियाको सिनेटमा पेश हुने बताइएको छ ।

    अस्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेको बीबीसीले जनाएको छ । तर, धेरै विज्ञहरूले यसबारे प्रश्न पनि उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने उनीहरूको भनाइ छ ।

    यसमा तपाइको मत

    Facebook Comment