• विश्व

    भारतीय अर्बपति गौतम अदानीविरुद्ध अमेरिकामा ठगीको अभियोग

     58 Views
    भारतीय अर्बपति गौतम अदानीविरुद्ध अमेरिकामा ठगीको अभियोग

    काठमाडौं, ६ मंसिर । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । बुधबार न्यूयोर्कमा दायर गरिएको अभियोगमा अदानीमाथि अमेरिकामा रहेको आफ्नो एक कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र सो कुरा लुकाएको आरोप लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    अमेरिकाको सिक्योरिटी एण्ड एक्सचेञ्ज कमिसनले बुधबार गौतम अडानीका भतिजा सागर अडानी, अडानी ग्रीन इनर्जी लिमिटेडका अधिकारीहरु, एज्योर पावर ग्लोबल लिमिटेडका कार्यकारी सिरिल काबेनेससहित अन्य केही प्रतिवादीमाथि पनि आरोप लगाएको छ ।

    संयुक्त राज्यका वकिलको कार्यालयका अनुसार अडानी र उनका भतिजा सागरसहित सात जना प्रतिवादीले आफ्नो रिन्युएबल इनर्जी कम्पनीलाई ठेक्का दिलाउन र भारतकै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजना विकास गर्न भारतीय सरकारी अधिकारीहरुलाई करिब २६५ मिलियन डलर घुस दिने सहमति गरेका थिए ।

    यो परियोजनामा उनीहरुले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।

    अडानी समूहले भारतीय अधिकारीहरूलाई घूस दिई २० वर्षमा २ अर्ब डलरभन्दा बढी नाफा हुने अपेक्षा गरिएको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment