काठमाडौं, २ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
किर्तिपुरमा एमालेलेले डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाएको छ । उनी एमाले केन्द्रीय सदस्यसमेत हुन् ।
यस्तै वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।