• ताजा समाचार, राजनीति

    रास्वपाले कीर्तिपुरको मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने

     85 Views
    रास्वपाले कीर्तिपुरको मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने

    काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ल कीर्तिपुरको मेयर र दुई वटा वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ ।

    यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भइरहेको छ ।

    रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

    यसअघि रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको नाम सिफारिस भएको थियो। वडा नम्बर ४ मा सुशील बाँस्कोटाको नाम सिफारिस भएको थियो भने वडा नम्बर १ मा उम्मेदवार नै सिफारिस भएको थिएन । रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो ।

    आफूले उम्मेदवारी नदिएपछि रास्वपाले राम्रो उम्मेदवारलाई सर्मथन गर्ने बताएको छ । तर, कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा भने पुगिनसकेको बिष्टले जानकारी दिए । ‘अहिले कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा हामी पुगेका छैनौं । हामी यसमा छलफल गरेर निष्कर्षमा पुग्छौं,’ सभापति विष्ट भने ।

    कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

    कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment