• राजनीति

    सांसद बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए पार्टी कार्यालयमा उजुरी

     34 Views
    सांसद  बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए पार्टी कार्यालयमा उजुरी

    काठमाडौं, ३० कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

    बजगाईंले आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दैे मन्त्री पाण्डेले अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् । पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार लिखित उजुरी दिएका हुन् ।

    बजगाईँले आफू मन्त्री भएदेखि नै सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएको पाण्डेले उजुरीमा लेखेका छन् । बजगाईँले पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमान र निष्ठामा धावा बोलेको उनको जिकिर छ ।

    सांसद बजगाईंले मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा बजगाईंले मन्त्री पाण्डेले भैरहवामा क्यासिनोका लाइसेन्स वितरण गर्ने क्रममा घुस खाएको आरोप लगाएका थिए ।

     

    यसमा तपाइको मत

    Facebook Comment