काठमाडौं, २८ कार्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् ।
‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला घिसिङले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलनको घोषणा गरेका छन् ।
घिसिङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन, लाल आयोगको प्रतिवेदन कार्यान्वयन र टीओडी लगायतका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै १५ दिनभित्र डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको थियो । साथै काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशक दिएको थियो ।
यस सँगै मंगलबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले लाइन जोड्ने निर्णय गरेको थियो । अहिले काटिएका सबै उद्योगमा लाइन जोडिएको छ ।