• विश्व

    ट्रम्पले गरे मस्क र रामस्वामीलाई विशेष पदमा नियुक्त

     80 Views
    ट्रम्पले गरे मस्क र रामस्वामीलाई विशेष पदमा नियुक्त

    काठमाडौं, २८ कार्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामस्वामीलाई विशेष पदमा नियुक्त गरेका छन् । ट्रम्पले उनीहरूलाई लाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका हुन् ।

    उनीहरूले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछन् ।यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो । मस्कलाई ‘द ग्रेट’ र रामस्वामीलाई ‘देशभक्त अमेरिकी’को संज्ञा दिँदै ट्रम्पले फजुल खर्च कम गर्न र संघीय एजेन्सीहरूलाई पुनर्गठन गर्नका लागि उनीहरूले आफूलाई मार्गदर्शन गर्ने विश्वास लिएको बताएका छन् ।

    नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।

    डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी औपचारिक क्याबिनेट पद नभएकाले बाहिर बसेर भएपनि उनीहरूले ट्रम्पलाई सघाउने र सल्लाह दिने बताइएको छ । ‘यी दुई असाधारण अमेरिकनहरूले फिजुल खर्च कम गर्न र संघीय एजेन्सीहरूलाई पुनर्गठन गर्नका लागि मार्गदर्शन गर्नेछन्,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    मस्क र विवेक दुवैले भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई सहयोग गरेका थिए ।

     

    यसमा तपाइको मत

    Facebook Comment