तोलामा ४०० रुपैयाँले घट्यो सुन

अनलाइनसमय |
२८ कार्तिक २०८१
तोलामा ४०० रुपैयाँले घट्यो सुन

काठमाडौं, २८ कार्तिक । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । मंगलबार प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार २ सय रुपैयाामा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।

तयस्तै यस दिन चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस