दीपक मनाङे कारागार चलान

अनलाइनसमय |
२७ कार्तिक २०८१
दीपक मनाङे कारागार चलान

काठमाडौं, २७ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौँको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङे ज्यान मुद्दामा दोषी ठहर भएका थिए ।

मनाङेको मुद्धामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

पाँच वर्ष कैद सजाय ठहर भएका मनाङेले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

मनाङे प्रदेश सभा–२ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित मनाङे प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बनेका थिए । उनको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस