कालीकोट जीप दुर्घटना : ८ जनाको मृत्यु–१३ जना घाइते, घटनास्थल पुग्यो हेलिकप्टर

अनलाइनसमय |
२५ कार्तिक २०८१
कालीकोट जीप दुर्घटना : ८ जनाको मृत्यु–१३ जना घाइते, घटनास्थल पुग्यो हेलिकप्टर

काठमडाौं, २५ कार्तिक । कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

अरु थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस