• घटना तथा अपराध, ताजा समाचार

    मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौँ ल्यायो

     66 Views
    मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौँ ल्यायो

    काठमाडौं, २५ कार्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

    आइतबार मोरङको विराटनगरस्थित उनकै निवासबाट पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो ।
    त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

    जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले बुधबार पदबाट राजीनामा दिएका थिए । आलोचनाकाबीच शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।

    मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए । अधिकारीलाई मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो । उनीसँगै गएका तीन जनालाई पनि अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो ।

    उनका साथमा रहेका रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई तत्कालै पक्राउ थिए  भने मन्त्रीलाई उन्मुक्ति दिएको थियो । त्यसको एकसातापछि मन्त्री अधिकारी पक्राउ परेका हुन् । डिपोर्ट भएर आएका ३ जना सहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    फिर्ता भएका ३ जना बाहेकका धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन्

     

    यसमा तपाइको मत

    Facebook Comment