राष्ट्रपतिद्वारा चीनमा ओली र अमेरिकामा रेग्मी राजदूत नियुक्त

अनलाइनसमय |
२५ कार्तिक २०८१
राष्ट्रपतिद्वारा चीनमा ओली र अमेरिकामा रेग्मी राजदूत नियुक्त

काठमाडौं, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाको लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेडले कोप २९ सम्मेलनमा भाग लिन जानुअघि चीनका लागि प्रा.डा कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मी राजदूत नियुक्त गरेका हुन् । उनी आजै कोप २९ मा सहभागी हुन अजरबैजान जाँदैछन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस