काठमाडौं, २५ कार्तिक । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त हुन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।
निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।
संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।