काठमाडौं, २५ कार्तिक । यस साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूलय प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँ थियो ।