• अर्थ, कृषि, ताजा समाचार

    २५ हजार मेट्रिक टन डीएपी मल ल्याउन सिंगापुरको आदित्य बिरलाले पायो ठेक्का

     126 Views
    २५ हजार मेट्रिक टन डीएपी मल ल्याउन सिंगापुरको आदित्य बिरलाले पायो ठेक्का

    काठमाडौं, २२ कार्तिक । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।

    कम्पनीले बिहीबार एक सूचना जारी गर्दै २५ हजार टन डीएपी मल ल्याउने ठेक्को आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले पाएको जनाएको हो ।

    आदित्य बिरला ग्लोबल ट्रेडिङले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का पाएको हो ।

    कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको कम्पनीले जनाएको छ ।

    कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भइसकेको छ ।

    गत आथिर्क वर्ष २०८०/८१ को सहित गरी अहिले १ लाख ४४ हजार ८ सय २५ टन रासायनिक मल मौज्दात जनाइएको मन्त्रालयले जनाएको छ ।

    चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment