काठमाडौं, २१ कार्तिक । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८८ अङ्कले घटेको छ । आज परिसूचक १.८८ अङ्कले घटेर २ हजार ६७५ दशमलव ५१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ०.२१ अङ्कले घटेर २ हजार ६७७ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । मंगलबार ४ अर्ब २० करोड रुपैयाँ कारोबार भएकोमा आज ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड १६ लाख ८६९ कित्ता शेयर ५५ हहजार २३८ पटक किनबेच भएको छ ।
आज ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये ११७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १२१ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घटेको छ भने ५ वटा समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ०.८७ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको ०.७५, लगानी समूहको ०.३७, उत्पादनमुलक समूहको
०.२९, बैंकिङ समूहको ०.१६, जीवन बीमाको ०.१३, माइक्रोफाइनान्सको ०.०९ र अन्य समूहको उपसूचक ०.१४ प्रतिशतले घटेको छ ।
यस दिन सबैभन्दा बढी म्युचुअल फन्डको उपसूचक सर्वाधिक १.०९ प्रतिशले बढेको छ । त्यस्तै फाइनान्सको ०.७९ प्रतिशत , विकास बैंकको ०.७३, हाइड्रोपावरको ०.४६ र व्यापार समूहको उपसूचक ०.२९ प्रतिशतले बढेको छ ।
बुधबार नारायणी डिभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको ९.९८, पिपुल्स हाइड्रोपावरको ९.१२, समृद्धी फाइनान्सको ८.७९, राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सनको ७.८०, रिभर फल्सको ७.६२, लिबर्टी इनर्जीको ६.८० र सानिमा ग्रोथ फन्डको ५.७० प्रतिशतले शेयर मुल्य बढेको छ ।
आज नेपाल फाइनान्सको ८.२६, कुथेली बुखारी साना जलविद्युतको ८.२३, समाज लघुवित्तको ६.२१, युनाइटेड मोदी हाइड्रोपावरको ४.०३ र सुपर म्यादी हाइड्रोपावरको ३.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।