विनास्वीकृत जापान गएको भन्दै विवादमा परेपछि कोशीका आन्तरिक मन्त्रीले दिए राजीनामा

अनलाइनसमय |
२१ कार्तिक २०८१
विनास्वीकृत जापान गएको भन्दै विवादमा परेपछि कोशीका आन्तरिक मन्त्रीले दिए राजीनामा

काठमाडौं, २१ कार्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए । भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।

उनी टोकियो महानगरले आयोजनामा गरेको कार्यक्रममा भाग लिन गएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस