कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

अनलाइनसमय |
२१ कार्तिक २०८१
कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं, २१ कार्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ ।

नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी)ले बुधबार एक सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ ।

उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ । आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिने सर्च कमिटीले जनाएको छ ।

प्रा.डा. पुण्यप्रसाद रेग्मीको चारवर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि हाल उपकुलपति पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस