काठमाडौं, २१ कार्तिक । तिहार पछिको दोस्रो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । मंगलबार अर्थात् तिहार पछिको पहिलो कारोबार दिन प्रतितोला २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २ हजार ३० रुपैयाँ रहेको चाँदी यस दिन २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।