काठमाडौं, २० कार्तिक । तिहार बिदा पछिको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य २८०० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन अर्थात तिहार अघिको अन्तिम कारोबार दिन बिहिबार छापावाला सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।