रौतहटमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

अनलाइनसमय |
१९ कार्तिक २०८१
रौतहटमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं, १९ कार्तिक । रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सोमबार दिउँसो सशस्त्रको बेलविछवा बीओपीको टोलीले राजदेवी नगरपालिका–९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंहलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद गरिएको छ ।

उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस