• खेलकुद, ताजा समाचार

    विश्वकप लिग–२ : नेपाल आज स्कटल्यान्डसँग भिड्दै

     112 Views
    विश्वकप लिग–२ : नेपाल आज स्कटल्यान्डसँग भिड्दै

    काठमाडौं, १९ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्ड सँग खेल्दैछ । श्रृंखलाको अन्तिम खेलमा नेपाले स्कटल्याण्ड सँग खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

    आफ्नो पहिलो खेलमा अमेरिका सँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । आजको खेलमा पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । त्यस्तै तेश्रो खेलमा नेपाल अमेरिका सँग ३७ रनले पराजित भएको थियो ।

    स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।

    स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।

    लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन् । तर नेटरनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्क सहित दोश्रो स्थानमा छ । नेपाल सहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् ।

    अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्ड बीच त्रिदेशीय शृङ्खला चलिरहेको छ । तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ । दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment