काठमाडौं, १३ कार्तिक । नेपाली बजारमा सोमबार सामान्य घटेको सुनको मूल्य आज बढेको छ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला २ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०६५ रुपैयाँमा कारोबार भएको थियो ।