काठमाडौं, ११ कार्तिक । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ सम्ममा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् ।
कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २४२ जना यात्रुले काठमाडौं विमानस्थलबाट सेवा लिएका छन् ।
यसमध्ये ५ लाख ४६ हजार १५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरका छन् भने काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा उडान–अवतरण भएका छन् ।
यसैगरी आन्तरिकतर्फ तीन महिनामा १० लाख ३५ हजार ८८४ जनाले यात्रा गरेका छन्, जसमध्ये ५ लाख १४ हजार ६३६ यात्रु काठमाडौं अवतरण गरेका छन् । ५ लाख २१ हजार २४८ जना यात्रु काठमाडौंबाट प्रस्थान गरेका छन् । तीन महिनामा कुल २२ हजार ८४६ उडान÷अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।