काठमाडौं, ११ कार्तिक । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन तोलाको सुन तोलाको १ लाख ६६ हजार रुपैयाँ कायम भएको थियो ।
यसअघि गत कात्तिक ७ गते १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २ हजार ७० रुपैयाँ रहेको चाँदी यस दिन २ हजार ८५ रुपैयाँ पुगेको छ ।
यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २ हजार १३५ रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।