नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

अनलाइनसमय |
८ कार्तिक २०८१
नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, ८ कार्तिक । नेपालको विपद् व्यवस्थापन गर्न विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने भएको छ ।

विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैङ्कको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र बैङ्कका नेपाल, मालदिभ्स र श्रीलङ्का हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।

अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा छन् । सोही सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागी भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस