काठमाडौं, ७ कार्तिक । प्रभु बैंकले चालु आर्थिक वर्ष (आव) २०८१८२ को तीन सपहिलो त्रैमाससम्मा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको यो नाफा गत आर्थिक वर्षको असोजसम्मको तुलनामा ०.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ३ करोड थियो ।
चालू आवको असोजसम्ममा बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणेयोग्य नाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ । चलू आवको असोजसम्ममा बैंकको बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६२ करोड पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३.१ प्रतिशत बढेको हो । गत आवकोे तीन महिनामा बैंकको यस्तो आम्दानी २ अर्ब ५४ करोड थियो ।
यस्तै बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । यस्तो कर्जा गत वर्षको असोज मसान्तसम्म ३.९७ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.९४ प्रतिशत पुगेको छ । सीडी रेसियो ७४ प्रतिशतमा झरेको छ ।
आधार दर १०.१७ प्रतिशतबाट ७.६५ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा छ । मंगलबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ छ ।