• अर्थ, ताजा समाचार, वाणिज्य

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा ३.८२ प्रतिशतले घट्यो

     86 Views
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा ३.८२ प्रतिशतले घट्यो

    काठमाडौं, ७ कार्तिक । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत घटेको छ ।

    यो वर्षको पहिलो ३ महिनामा बैंकले केबल १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष बैंकले यसै अवधिमा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो

    बैंकको खुद ब्याज आम्दानीमा आएको कमीले नाफा घटेको देखिन्छ । गत आवको असोजसम्ममा ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको सोही अवधिमा ३ अर्ब ८७ करोडमा झरेको छ ।

    बैंकको वितरणयोग्य नाफा २ अर्ब ५१ करोड ऋणात्मक छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा भने बढेको छ । यस्तो कर्जा चालू आवको असोजसम्ममा कुल कर्जामा १.९९ प्रतिशत छ । गत आर्थिक वर्षको गत आवको सोहीे अवधिमा बैंकको निष्क्रिय कर्जा १.८६ प्रतिशत थियो ।

    यस्तै चालू आवको असोजसम्ममा बैंकको सीडी रेसियो ७८ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा आधार दर ९.९९ प्रतिशतबाट घटेर ७.२८ प्रतिशतमा झरेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा छ । मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २५१ रुपैयाँ छ ।

    यसमा तपाइको मत

    Facebook Comment