• ताजा समाचार, प्रदेश, राजनीति

    गण्डकीमा मनाङेले छोडेको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

     111 Views
    गण्डकीमा मनाङेले छोडेको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

    काठमाडौं, ५ कार्तिक । गण्डकी प्रदेशको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको सो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

    गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले पदबाटै राजीनामा दिएका थिए ।

    योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । मन्त्रीमा नियुक्त भएका पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् ।

    पौडेलको आजै शपथ हुनेछ । साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    गण्डकीमा हाल ९ मन्त्रालय छ । कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment