काठमाडौं, २ कार्तिक । विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएका छन् ।
शुक्रबार नयाँ बानेश्वरमा बसेको बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए ।
बैठमा सरकार प्राकृतिक विपद्को पूर्व तयारी, खोज र उद्धारमा जिम्मेवार नभएको भनेर समीक्षा भएको उनले बताए ।
विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता रहेको थियो ।