काठमाडौं, २ कार्तिक । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ किर्तिमान बनाइरहेको छ । बुधबार देखि नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेको छ । जसअनुसार आज सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, जुन शुक्रबार नै तोडिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९८० रुपैयाँ पुगेको छ ।