काठमाडौं, १ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई असोज २९ गते ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न अनुमति दिएको हो ।
एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर बजारमा सूचीकृत छ ।सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउनुपर्नेमा यस कम्पनीको २६. २० प्रतिशत मात्रै छ ।
सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउन कम्पनीले एफपीओ जारी गर्न लागेको हो । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ छ ।