काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीसँग राजदूत युताकाले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा दुुई देशको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
भेटमा असोज ११ र १२ गतेको बाढी, पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी थिए ।