मधेशमा बाढीबाट ८० करोडभन्दा बढीको क्षति

अनलाइनसमय |
२३ असोज २०८१
मधेशमा बाढीबाट ८० करोडभन्दा बढीको क्षति

काठमाडौं, २३ असोज । यही असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण  बाढीबाट मधेश प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको राससमा उल्लेख छ । रौतहतमा १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ ।

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड रुपैयाँ नकासा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस