काठमाडौं, २२ असोज । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।
उनका अुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।
लामो समयदेखि नीजि क्षेत्रले एक उच्चस्तरीय आयोग बनाउन माग गर्दैआएका थिए ।