बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २२८ पुग्यो, २८ जना वेपत्ता

अनलाइनसमय |
१६ असोज २०८१
बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २२८ पुग्यो, २८ जना वेपत्ता

काठमाडौं, १६ असोज । गत बिहीबारदेखिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ । त्यस्तै २८ जना अझै बेपत्ता छन् भने १४३ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस