• अर्थ, ताजा समाचार, वाणिज्य

    नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रायमाझी

     115 Views
    नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रायमाझी

    काठमाडौं, १५ असोज । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ ।

    नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम एनआईसी एशिया क्यापिटलका रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।

    नवनिर्वाचित संघमा उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका सीइओ शिभान्तराज पाण्डे निर्वाचित भएका छन् ।

    यस्तै, सदस्यमा सिद्धार्थ क्यापिटलका सीइओ सन्दीप कार्की, कुमारी क्यापिटलका सीइओ पुष्प शर्मा र नेपाल एसबीआई क्यापिटलका सीइओ लेखनाथ पोख्रेल चयन भएको संघले जनाएको छ ।

    नवनिर्वाचित अध्यक्ष कार्कीले संघको गरिमालाई थप बलियो बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment