लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

अनलाइनसमय |
१४ असोज २०८१
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

काठमाडौं, १४ असोज । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०÷०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ ।

लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख/उपप्रमुखहरुको सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस