बागमती सरकारले चणिकलाललाई डेढलाखसहित सम्मान गर्ने

अनलाइनसमय |
१४ असोज २०८१
बागमती सरकारले चणिकलाललाई डेढलाखसहित सम्मान गर्ने

काठमाडौं, १४ असोज । बागमती प्रदेश सरकारले ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई डेढलाख नगदसहित सम्मान गर्ने भएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।

यस्तै मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताए । विपद् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोलि परिचालन गरिएको बताउँदै उनले पीडितको निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *