काठमाडौं, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले दुई दिनको पानीले दुईतिहाइको औकात देखाइदिएको टिप्पणी गरे ।
झाले भने,‘जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको रास्वपाको ठहर छ ।‘गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो । ‘ दुई दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’
सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनको टिप्पणी छ । ‘पहिलो र दोस्रो दल बनेर जस्तो सुकै चुनौति पार लगाउन सक्ने भनिएको थियो । तर, यो गठवन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ । खोइ त तयारी ?’