रास्वपाको महाधिवेशन चितवनमा हुने

अनलाइनसमय |
१३ असोज २०८१
रास्वपाको महाधिवेशन चितवनमा हुने

काठमाडौं, १३ असोज । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।

असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।

कार्यबाहक प्रवक्ता झाका अनुसार बैठकमा राष्ट्रिय भेलाको समीक्षा समेत भएको छ । महाधिवेशनको उपसमिति गठनको जिम्मेवारी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको झाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस